Comments Add Comment

‘२ रुपैयाँ’मा ‘जुरेली’ निश्चल


भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैंयाँ’ मा निर्देशक निश्चल बस्नेत ‘जुरेली’को भुमिकामा देखिएका छन् । अशिम शाहको निर्देशन रहेको उक्त चलचित्रमा निश्चलको भुमिका युनिक रहेको दाबी निर्देशकले गरेका छन् ।

यस्तै, चलचित्रका अर्का कलाकार आशिफ शाह भने ‘दाह्री’को भूमिकामा देखिएका छन् । निर्देशनका अतिरिक्त अभिनयमा समेत सक्रिय निश्चलले आफैंले निर्देशन गरेको चलचित्र ‘लुट २’मा आइटम डान्स समेत गरेका थिए । उनको आइटम डान्स रहेको चलचित्र ‘पर्व’को ‘काले दाई काले दाई’ बोलको गीतको भिडियोले अहिले सर्वाधिक चर्चा पाइरहेको छ ।

प्राय आफैंले निर्देशन गरेको चलचित्रमा अभिनय समेत गर्दै आएका निश्चल मौलिक चलचित्रका पक्षपाती निर्देशकका रुपमा चिनिन्छन् । आउँदो भदौ २३ मा प्रदर्शन हुने ‘२ रुपैंयाँ’मा टिका पहारी, बुद्धि तामाङ, मेनुका प्रधान, रबिन्द्र झा लगायतको कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment