Comments Add Comment

नयाँ शक्तिले छान्यो झापाका ५ नगरप्रमुखका उम्मेदवार

वैशाख ९, झापा । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टीले झापाका ५ नगरपालिको मेयर (नगरप्रमुख) का उम्मेदवार घोषणा गरेको छ ।

नयाँ शक्ति झापाले प्रदेश नम्बर १ अन्तर्गत झापा जिल्लाका मेचीनगर, दमक, भद्रपुर, अर्जुनधारा एवं विर्तामोड नगरपालिका प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको हो ।

जिल्लाका ८ नगरपालिका मध्ये पाँच नगरपालिकामा आफ्ना उम्मेदवारको नामावली घोषणा गरिएको झापा जिल्ला संयोजक कुमार क्षेत्रीले जानकारी दिए ।

यद्यपि नयाँ शक्ति र संघीय समाजवादी फोरम एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा गएका हुनाले दुई दलको संयुक्त संयन्त्रले उम्मेदवारी सम्बन्धी अन्तिम टुंगो लगाउने संयोजक क्षेत्रीले बताए ।

उनका अनुसार मेचीनगर नगरपालिकाको मेयर पदमा कनिका ढकाल र उपमेयरमा कान्छा हुमागाईँको नाम प्रस्ताव गरिएको छ ।

त्यस्तै मेचीनगरपालिकाको वडा नं. ३ र ६ को अध्यक्ष पदमा कृष्ण कट्टेल र ए।पी लुईंटेलको नाम प्रस्ताव गरिएको छ ।

झापाकै दमक नगरपालिकाको मेयर पदमा शतिस शाह र वडा नं. १ को अध्यक्ष पदमा पुष्पा पौडेल, भऽपुर नगरपालिकाको उपमेयर पदमा पिंकी कामती र वडा नं. ६ को अध्यक्षमा देवकला प्रसाईँको नाम घोषणा गरिएको छ ।

अर्जनुधारा नरपालिकाको मेयरमा देवकला प्रसाईँ र उपमेयरमा हरि घिमिरेका साथै अध्यक्ष पदका लागि वडा नं. २ मा गोविन्द नेपाल, वडा नं. ३ मा श्याम घिमिरे वडा नं. ५, ७ र ८ मा क्रमशः देव कुमारी चौधरी, देवेन्ऽ मैनाली र प्रेम लुईंटेलको नाम घोषणा गरिएको छ ।

त्यस्तै विर्तामोड नगरपालिकको मेयर पदका लागि उदय गुरुङको नाम घोषण गरिएको पनि संयोजक ढकालले जानकारी गराए । उम्मेदवारी घोषणासँगै आफूहरु चुनावी प्रचारमा होमिएको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment