Comments Add Comment

पोखरा लेखनाथ अपडेटः ६४ प्रतिशत गणना सकिँदा एमाले उम्मेदवार ७ हजार मतले अगाडि

१० जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको ६४ प्रतिशत मतगणना सम्पन्न हुँदा एमाले उम्मेदवारको अग्रता फराकिलो बन्दै गएको छ । ८० हजार मतगणना सम्पन्न हुँदा नेकपा एमालेका मेयर र उपमेयर दुवै उम्मेदवारको अग्रता फराकिलो बनेको हो ।

गणना लगभग अन्तिम चरणमा पुग्दा एमालेका मेयर उम्मेदवार  मानबहादुर जिसीले ३७ हजार ४ सय ५१ मत हासिल गरेका छन् । नेपाली कांग्रेसका मेयर उम्मेदवार रामजि कुँवर भने जिसीभन्दा ७ हजार १ सय ७४ मतले पछि छन् । कुँबर ३० हजार २ सय ७७ मतका साथ जिसीलाई पछ्याइरहेका छन् ।

उपमेयरमा पनि एमालेकी मञ्जु गुरुङले फराकिलो अग्रता बनाएकी छन् । मञ्जुले ३५ हजार ६ सय १८ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सरस्वती गुरुङ २८ हजार २ सय १० मतका साथ उनलाई पछ्याइरहेकी छन् ।

माओवादी केन्द्रकी उपमेयर उम्मेदवार गोमा ढकालले ५ हजार ३ सय ३५ भोट पाएकी छन् । राप्रपाका रमेश खत्रीले २ हजार ३ सय ४७ र संघीय समाजवादी फोरम नेपाल र नयाँशक्तीको गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी खाती परियारले ८ सय ७५ मत पाएकी छन् ।

पोखरा लेखनाथ नगरपालिकाको हालसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८,९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना सकिएको छ भने २१, २२, २३ र २४ को मतगणना अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment