अक्सर आमाबुवा आफ्नो बच्चालाई धेरै भन्दा धेरै खानेकुरा ख्वाउन चाहन्छन्, ताकि बच्चामा कुपोषण नहोस् । बच्चा भोकाएर रुने, कराउने भएकाले पनि आमाबुवाहरु बच्चालाई भरपेट ख्वाउन चाहन्छन् । यद्यपी कस्तो खानपान गराउने भन्ने कुरामा चाहि खासै सर्तक हुँदैनन् ।
आफुलाई जे मनपर्छ त्यही र जुन सजिलो लाग्छ, त्यही खानेकुरा दिएर पुग्दैन । बच्चालाई सन्तुलित, सुपाच्य खानेकुरा दिनुपर्छ ।
धेरै ख्वाउँदैमा बच्चा स्वस्थ्य हुने होइन । सहि ढंगले शारीरिक तथा मानसिक विकासका लागि बच्चालाई सन्तुलित, पौष्टिक खानेकुराको आवश्यक हुन्छ । यस्तो खानपानका लागि बच्चालाई सानै उमेरदेखि प्रेरित गर्नुपर्छ, अभ्यस्त बनाउनु पर्छ ।
खानपानको समय निर्धारण गर्ने
यदि बच्चा सानो छ भने उसको निम्ती आमाको दुध सर्बोत्तम हो । यद्यपी छ महिनाको बच्चा छ भने उसलाई ठोस खानेकुरा पनि आवश्यक हुन्छ । यदि बच्चाले खानेकुरामा रुची देखायो भने उनीहरुलाई घरमा जे बनाउन सकिन्छ, ख्वाउनु पर्छ । सानो अवस्थामा पहेंलो, हरियो रंगको फल वा सब्जी उपयोगी हुन्छ ।
आफै खान दिने
९ महिनादेखि १२ महिनासम्मको बच्चालाई आफै खाना खाने बानीको विकास गराउनु पर्छ । उनीहरुसँग खेल्नुहोस् र आफै खान प्रेरित गर्नुहोस् । उसको प्लेटमा केहि खानेकुरा राख्नुहोस् र स्वंमलाई टिप्न दिनुहोस् । यसबाट के थाहा हुन्छ भने, बच्चाले के खान मन पराउँछ ?
केही न केही खेल्न दिने
वयस्कको तुलनामा बच्चालाई धेरै पटक खाना ख्वाउनु पर्ने हुन्छ । खासगरी उसको विकासका लागि बच्चालाई अतिरिक्त इन्धनको खावश्यक्ता हुन्छ । बच्चाको खानेकुरामा पौष्टिक तत्व सामेल हुनुपर्छ । फल, सब्जी, अन्न, माछामासु आदि सेवन गराउनु पर्छ ।
तौलको ख्याल गर्ने
बच्चाको खानपानसँगै उसको तौल कति छ भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । यदि बढ्दो उमेरमा बच्चाले सहि खानपान गर्न पाएन भने उसको तौल घट्न सक्छ । त्यसैगरी धेरै खाने बच्चाको अनियन्त्रित रुपमा तौल बढ्न पनि सक्छ । यस्तो अवस्थामा उनिहरुलाई नियमित शारीरिक गतिविधिमा सरिक गराउनु पर्छ, जसले उनीहरुको शरीरमा जम्मा भएको क्यालोरी बर्न हुन सक्छ । खेलकुद, साइक्लिङ, दौडने, उप|mने कुरामा प्रेरित गर्नुपर्छ ।
एकसाथ खाने अभ्यास गरौं
अक्सर अभिभावक बच्चालाई खानेकुरा ख्वाएर आफु खाने गर्छन् । एक अध्ययनमा के पाइएको छ भने जुन परिवारमा बच्चाले अन्य सदस्यसँग एकसाथ खानेकुरा सेवन गर्छन्, उनीहरुमा पोषणको मात्रा अधिक पाइन्छ ।
आफुसँगै एकसाथ बच्चालाई पनि खानेकुरा ख्वाउने अभ्यास गराउनु पर्छ । यससँगै खानपानको शिष्टचार पनि उनीहरुलाई सिकाउनु पर्छ ।
सन्तुलित खानेकुरा
खानेकुरा सन्तुलित, स्वस्थ्य र पोषिलो हुनुपर्छ । उनीहरुको खानेकुरा एकैनासे हुनुहुँदैन । खानेकुरामा विविधता हुनुपर्छ । खानामा वोसो, फाइबर, क्याल्सियम, भिटामिन, आइरन आदिको मात्रा पुग्नुपर्छ । यसका लागि ताजा फलफूल, दुधजन्य परिकार, माछामासु, सागसब्जी, गेडागुडी, झोल पदार्थ सेवन गराउनुपर्छ ।
प्रतिक्रिया 4