Comments Add Comment

देशबासीलाई प्रधानमन्त्री प्रचण्डको सम्बोधन (भिडियो)

 

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीलाई सम्बोधन गर्दै बुधबार राजीनामा दिएका छन् । संसदलाई विशेष सम्बोधन गर्दै राजीनामा दिने प्रयास असफल भएपछि उनले सिंहदरबारबाट देशवासीलाई सम्बोधन गरे ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले संसद अवरुद्ध पार्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन । लगातार दुई दिन संसद बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सम्बोधनको क्रममा उनले आफूले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गरे र राजनीतिमा नैतिकताको खडेरै तोड्दै राजीनामा दिएको बताए । कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने पूर्वसहमति पालना गरेको उनको भनाइ थियो ।

प्रचण्ड २०७३ साउन १९ गते कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment