११ जेठ, काठमाडौं । भारतको जम्मु कस्मिरमा भारतीय भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतयि सेनाले जनाएको छ ।
मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बरबहादुर र राइफलम्यान रविन शर्मा छन् । उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए ।
उनीहरुमा सबैभन्दा कान्छा रविन शर्मा थिए । पाँच वर्षअघि मात्रै भारतीय सेनामा प्रवेश गरेका उनको गत माघमा बिहे भएको थियो ।
मृतक डम्बरका १५ र १३ वर्षका मोनिका र मिलन दुई सन्तान छन् । उनी सन् १९९६ मा सेनामा प्रवेश गरेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4