१४ जेठ, काठमाडौं । दोस्रो चरणको निर्वाचनका लागि चुनावी वातावरण बन्दै गएपछि मुस्लिम समुदायलाई भने कसरी भोट हाल्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
मुस्लिम समुदायमा कठोर अनि निकै लामो पर्व मानिने रमजान आइतबारदेखि सुरु हुँदैछ ।
एक महिनासम्म दिनभर व्रत बसेर मुस्लिम समुदायले यो पर्व मनाउँछन् । यो समयमा उनीहरुले बिहान सूर्य उदाएपछि साँझ सूर्यास्त नहुँदासम्म मुखमा पानीसमेत हाल्दैनन् ।
२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा कसरी भोट हाल्न सजिलो होला भन्ने चिन्ता अहिले मुस्लिम समुदायमा छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4