Comments Add Comment

आर्थिक समाचार: तीन वर्षमा एलपी ग्यास विस्थापन

काठमाडौं । उर्जा मन्त्रालयले चालु आर्थिक वर्षवाट कार्यान्वयनमा ल्याएको नेपालको पानी जनताको लगानी कार्यक्रमलाई आगामी बजेटवाट प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ ।

आउदो बजेटमा नै यहि कार्यक्रमलाई समावेश गरेर देशको उर्जा क्षेत्रको विकासमा जनताको लगानी स्थापित गर्ने गरी कार्यक्रम तयार गरिएको हो ।

उज्यालो नेपाल अभियानलाई सफल बनाउन नेपालको पानी जनताको लगानी कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रम प्रस्ताव गरिएको उर्जामन्त्री जनार्दन शर्माको भनाई छ । तीन वर्षमा एलपी ग्यास विस्थापनलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ ।

तरलता समस्याले निक्षेप संरचना नै अदलबदललाई पनि नयाँ पत्रिकाले लेखेको छ । पेट्रोलियम कार भन्दा विद्युतिय कार सस्तोलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

अनुमतिविना आरोहणमा जाने अफ्रिकीलाई १० वर्ष प्रतिवन्धलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । २ हजार मेगावाटका चार ठूला आयोजना अघि बढाइदैलाई पनि कारोबारले लेखेको छ । स्थानिय जनप्रतिनिधिलाई सम्पति विवरण अनिवार्यलाई पनि कारोवारले लेखेको छ ।

चुक्त पुँजी बनाउन ६ महिना सहुलियतलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । कामिरिता २१ औ पटक सगरमाथामालाई पनि नागरिकले लेखेको छ ।
१२ खर्ब ५० अर्बको बजेटलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । बजेट सक्न दुई पटक मर्मतलाई पनि अन्नपूर्णले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment