+
+
Shares

बेलायती प्रहरीद्वारा म्यान्चेस्टर हमलामा संग्लग्नको तस्वीर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १४ गते ११:१७

काठमाडौं । बेलायती पुलिसले म्यान्चेस्टर एरिनामा २२ जनाको ज्यान जाने गरी भएको आत्मघाती हमलाका संग्लग्न एक युवकको तस्वीर सार्वजनिक गरेको छ ।

आत्मघाती आक्रमणकारी सलमान आवदीको सिसिटिभीमा कैद भएको तस्वीर प्रहरीले सार्वजनिक गरेको हो । पुलिसका अनुसार आवदीको पहिचान सोमबार भएको आक्रमणको दुई घण्टापछि नै गरिएको थियो ।

यद्यपि यो प्रष्ट भइसकेको छैन कि आवदीको सार्वजनिक गरिएको तस्वीर सोमबार साँझ कै हो र कहाँबाट लिइएको हो ।

चरमपन्थी अपराधको आशंकामा प्रहरीले १४ स्थानमा छापा मारिसकेको छ भने त्यहाँबाट ११ जनालाई हिरासतमा लिएको छ ।

बेलायतमा खतराको स्तर कम भएको जनाउ दिइएको छ भने पुलिसको सहयोगका लागि बोलाइएको सैनिक दस्तालाई पनि बिस्तारै फिर्ता पठाउन थालिएको छ ।

ग्रेट म्यान्चेस्टर पुलिसले जनताहरुसँग यो अपील गरेकेा छ कि १८ मे पछि यी आक्रमणकारीलाई कहीँ देखिएको बारे जानकारी दिनुहोस । त्यसैदिन आवदी बेलायत छिरेका थिए ।

पुलिसका अनुसार अनुसन्धान तीव्र गतिमा चलिरहेको छ र यसका लागि १ हजार मानिस परिचालन गरिएको छ । साथै सयौं प्रहरी म्यान्चेस्टरको सुरक्षाका लागि तैनाथ छ ।

पुलिस अधिकारीहरुका अनुसार १३ जनालाई ग्रेटर म्यान्चेस्टर, ब्यारबिकशर र मर्सीसाइडबाट पक्राउ गरिएको थियो । सुरुवाती जाँचपछि एक महिला र एक १६ बर्षीय किशोरलाई रिहा गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?