Comments Add Comment

कोटिहोममा सर्पदंश उपचार केन्द्र स्थापना

१४ जेठ, झापा । धार्मिक एवम् पर्यटकीय क्षेत्र कनकाई धाम कोटिहोममा सर्पदंश उपचार केन्द्र स्थापना गरिएको छ ।

जिल्लाको दक्षिणी क्षेत्र कुमरखोद, टाघनडुब्बा, शरणामती, महाभरा लगायतलाई लक्षित गर्दै भ्यान्टिलेटरसहितको सर्पदंश उपचार केन्द्र स्थापना गरिएको हो ।

योसँगै झापामा तीन वटा सर्पदंश उपचार केन्द्र भएको छ । यसअघि चारआलीमा नेपाली सेना र दमकमा नेपाल रेडक्रस सोसाइटी, उपशाखा दमकलेसर्पदंश उपचार केन्द्र सञ्चालन गरेको थियो ।

‘कोटीहोममा सर्पदंश उपचार केन्द्र स्थापना भएपछि दमक र चारआली धाउनु पर्ने बाध्यता हट्नेछ’, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका अध्यक्ष लोकराज ढकालले अनलाइनखबरसँग भने, ‘सर्पदंश उपचार केन्द्रमा समयमा विरामीलाई पुर्‍याउन नसक्दा विरामीको मृत्यु हुने गरेको थियो । तर, अब त्यो बाध्यता टर्ने छ ।’

उनका अनुसार दमक र चारआली केन्द्रमा मात्र वर्षेनी २२ सय विरामी सर्पदंशको उपचारका लागि आउने गरेका छन् ।

करिब ६० लाख रुपैयाँको लागतमा यो उपचार केन्द्र सुरु भएको हो । केन्द्रको सञ्चालकहरुमा लायन्स क्लब अफ कनकाई सुरुङ्गा, नेपाल रेडक्रस सोसाइटी, झापा, सहारा नेपाल बचत तथा ऋण सहकारी लिमिटेड, बिर्तामोड, कनकाई नगरपालिका, कनकाई उद्योग बाणिज्य संघ, कनकाई धाम धार्मिक विकास संस्था र कनकाई घाट व्यवस्थापन समिति छन् ।

यो केन्द्र सञ्चालनका लागि सहारा साकोसले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ । उपचार केन्ऽ कोटीहोममा रहेको समर्पण भवनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment