Comments Add Comment

वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गर्ने सरकारको निर्णय

१४ जेठ, काठमाडौं । सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न मानपदवी प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले नेपाली कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई यो पदक प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाल रत्न मानपदवी नेपाल सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो पदक हो । गत वर्ष नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गरिएको थियो ।

यसैगरी महेन्द्र नारायण निधिलाई राष्ट्रिय गौरव मरणोपरान्त पदकले सम्मान गर्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले गणतन्त्र दिवसको अवसरमा ७ सय ५९ जना कैदी बन्दी रिहा गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment