Comments Add Comment

चिकित्सक ठग्ने ‘मन्त्रीका सहयोगी’ पक्राउ

१५ जेठ, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेसनल एकेडेमी अफ मेडिकल साइन्सको नक्कली माइन्युट पुस्तिका बनाएर छात्रवृत्ति दिलाउने भन्दै ठगी गरेको कसुरमा ०७३ जेठ ३२ मा नुवाकोटका सरोज केसीलगायतलाई दोषी ठहर गर्दे कैद सजाय र जरिवाना तोक्यो ।

डा. मनोजकुमार साहलाई एमडीको अध्ययनका लागि सरकारी कोटामा छात्रवृत्ति मिलाइदिने भन्दै केसीसहित वीर अस्पतालका तत्कालीन कर्मचारी दीपक मुडवरी, राजेश कहार र रवि पौडेललाई अदालतले दोषी ठहर गरेको थियो । अदालतको फैसलाअनुसार, केसीलाई १४ महिना जेल सजाय र ७ लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

मुद्दा चल्दा हिरासतमै रहेका मुडबरी, कहार र पौडेल फैसलाअनुसार कारागार पुगे । अदालतले अभियोग प्रमाणित गरे पनि केसी अदालतको फरार सूचीमा परे । उनी काठमाडौंमा खुल्लमखुल्ला घुमिरहँदा पनि पक्राउ परेनन् ।

यहीबीच अर्जुननरसिंह केसी सहरी विकास मन्त्री नियक्त भए । सरोज उनको पिए । कानुनी रुपमा फरार अपराधी भए पनि उनी मन्त्रीसँगै दैनिक सिंहदरबार र मन्त्री निवास आइरहन्थे । असोजमा ठगीका फरार अपराधी मन्त्रीको पिए भएको सार्वजनिक भएपछि मन्त्री केसीले उनलाई सहयोगीबाट हटाए । तापनि, उनी पक्राउबाट जोगिँदै रहे । केसी अदालतले दोषी ठहर गरेको एक वर्षपछि आइतबार सामाखुसीमा पक्राउ परेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment