+
+

ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको छनोटको नतिजा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १६ गते १७:४०


१६ जेठ, काठमाडौं । राष्ट्र विकासका कर्णधार विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्‍याउने उद्देश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ सार्वजनिक गरेको छ ।

छात्रवृति सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्ऽप्रसाद ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे र हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठको उपस्थिति रहेको थियो ।

छात्रवृति सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्ऽप्रसाद ढकालले आईएमई तथा ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर छात्रवृति प्रदान गरेको जानकारी गराउँदै यहीँ नै छात्रवृत्ति पूर्ण नभएपनि यसले दिन खोजेको सन्देश बृहत् रहेको धारणा राखे।

समितिका सह-संयोजक डेनियल डी. श्रेष्ठ,हिसान उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, प्याब्सन अध्यक्ष विजय सम्बाहम्फे, आईएमई तथा ग्लोबल आईएमई बैंकका सीईओद्वय सुमन पोखरेल र अनिल ज्ञवालीले आकाँक्षा छात्रवृति योजनाको विषयमा प्रकाश पारे ।

छात्रवृत्ति अन्तर्गत सार्वजनिक, निजी तथा सामुदायिक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएकासदर आवेदनका आधारमा एक शैक्षिक सत्रअथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिएको हो ।

आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाइने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागिएक सय जना विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि नै छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

ईच्छुक विद्यार्थीले यी संस्थाका वेब साईट एवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आˆनो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विद्यालय प्रधानाध्यापकको सिफारिस सहित २०७३ साल कार्तिक ३ देखि मंसिर १५सम्म आवेदन आहृवान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?