+
+

नवनिवार्चित वडाध्यक्ष र सदस्यले के-के काम गर्छन् ? यस्ता छन् अधिकार सूची

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १६ गते २०:३६
फाइल तस्वीरः काठमाडौं ३ का वडाध्यक्ष तथा सदस्यहरु ।

१६ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावले २५९८ वडाध्यक्ष चुनिएका छन् । दोस्रो चरणको चुनावले थप ४ हजार ८० वडाध्यक्ष चुन्नेछ ।

यस्तै २८३ स्थानीय तहमा १० हजार ३९२ वडा सदस्यहरु चयन भइसकेका छन् भने दोस्रो चरणको चुनावपछि देशभरमा गरी यो संख्या २६ हजार ७२० पुग्नेछ ।

तर, उनीहरुको काम कर्तव्य र अधिकार अझै प्रष्ट भइसकेको छैन । स्थानीय तह शासन सञ्चालनसम्वन्धी ऐनको विधेयक बनेपनि संसदबाट पास हुन बाँकी छ ।

अब सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी आदेश जारी गर्ने भएको छ । भोलि बस्ने मन्त्रिपरिषद् बैठकले आदेश जारी गर्ने तयारी छ ।

केके छ गाविस अध्यक्षको काम, कर्तव्य र अधिकार

प्रस्तावित आदेशमा गाउँपालिका वा नगरपालिकाका वडाध्यक्षको ५५ वडा काम, कर्तव्य र अधिकार तोकिएको छ । नाता प्रमाणित गर्ने, बहाल करको लेखाजोखा गर्नेदेखि नागरिकता लिन सिफारिस गर्ने अधिकार वडाध्यक्षलाई दिइएको छ ।

वडाध्यक्षका धेरै काम प्रमाणित तथा सिफारिस गर्ने छन् । जसमा निःशुल्क तथा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्नेदेखि विद्यालय कक्षा थप गर्नेसम्म छन् ।

प्रस्तावित आदेशमा वडा सदस्यहरुको काम कर्तव्य र अधिकारको सूची पनि समावेश छ । उनीहरुले गाउँ वा नगरसभाको निर्णय कार्यान्वयन गर्नेदेखि जिल्लासभा र समन्वय समिातिमा सचिवको रुपमा काम गर्नेसम्म अधिकार पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?