Comments Add Comment

अछाम, बाजुरा, कञ्चनपुर र अर्घाखाँचीमा यस्ता छन् नयाँशक्तिका उम्मेदवार

१७ जेठ, काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीले दोस्रो चरणको चुनावका लागि चार जिल्लामा मेयर पदको उम्मेदवार चयन गरेको छ । अछाम, बाजुरा, कञ्चनपुर र अर्घाखाँची जिल्लामा उम्मेदवार टुंगो लगाइएको नयाँ शक्तिले जनाएको छ ।

कञ्चनपुर जिल्लामा नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालले संयुक्त रुपमा उम्मेदवार चयन गरेका छन् ।

यस्ता छन् अछामका उम्मेदवार

चार नगरपालिका र ६ गाउँपालिका रहेको अछाम जिल्लामा नगरपालिकाको मेयर र दुई गाउँपालिका प्रमुखको लागि उम्मेदवार छनौट गरेको नेता शंकर भण्डारीले जानकारी दिए । पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा तिर्थ ढकाल, कमलबजार नगरपालिकाको मेयरमा धनबहादुर थापा, साँफेबगर नगरपालिकाको मेयरमा रविन्द्र शाह र मंगलसेन नगरपालिकाको मेयरमा दीपक रावललाई उम्मेदवार बनाइएको छ ।

यस्तै रामारोशन गाउँपालिकामा टीकाराम खनाल र तुर्माखाँद गाउँपालिकमा दीपेन्द्र चलाउनेलाई अध्यक्ष पदको उम्मेदवार चयन गरिएको नयाँ शक्ति अछामले जनाएको छ ।

बाजुराका सबै पनि उम्मेदवार चयन

स्थानीय तह दोस्रो चरणको चुनावका लागि नयाँ शक्ति पार्टी नेपालले बाजुरा जिल्लामा पनि आफ्ना उम्मेदवारहरुको टुंगो लगाइसकेको छ । बाजुराको एउटा नगरपालिका बाहेक सबै स्थानीय तहमा उम्मेदवार चयन गरिएको नयाँ शक्ति प्रदेश नम्बर सातका संयोजक लिला भण्डारीले जानकारी दिए ।

बडीमालिका नगरपालिकाको मेयरमा टेकबहादुर बडुवाल र उपमेयरमा सरस्वती थापालाई उम्मेदवार बनाइएको छ । त्रिवेणी नगरपालिकाको मेयरमा चक्र थापा र उपमेयरमा मीना खड्का तथा बुढीनन्दा नगरपालिकाको मेयरमा जय प्रसाद जोशी रउपमेयरमा मिनु बि.क. लाई उम्मेदवार बनाइएको छ । बुढिगंगा नगरपालिकामा भने उम्मेदवार टुंगो नलागेको नयाँशक्तिले जनाएको छ ।

त्यसैगरी हिमाली गाउँपालिकाको अध्यक्षमा गैलधन रोकाया र उपाध्यक्षमा रिता रोकाया, स्वामिकार्तिक गाउँपालिका अध्यक्षमा अनिता शाही तथा उपाध्यक्षमा लोकेन्द्र बहादुर शाही नयाँशक्तिका उम्मेदवार बनेका छन् ।

त्यसैगरी पाण्डव गुफा गाउँपालिका अध्यक्षमा नरेन्द्र बि.क तथा उपाध्यक्षमा भिर्खु सार्की, छेडेदह गाउँपालिका अध्यक्षमा टेक सार्की तथा उपाध्यक्षमा उमा वि.कलाई छनौट गरिएको छ ।

साथै गौमुल गाउँपालिका अध्यक्षमा नवराज जोशी र उपाध्यक्षमा जुनकला रोकायालाई उम्मेदवार बनाइएको छ ।

अर्घाखाँचीमा यस्ता छन् नयाँ शक्तिका उम्मेदवार

नयाँशक्ति पार्टीले अर्घाखाँचीका ६ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । सन्धिखर्क, भुमिकास्थान र शितगंगा नगरपालिका तथा मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकामा उम्मेदवार टुंगो लगाइएको जिल्ला संयोजक गोकर्ण थापाले जानकारी दिए ।

सन्धिखर्क नगरपालिकाको मेयरमा यमुना भुसाल तथा उपमेयरमा टोकबहादुर बलाल, शितगंगा नगरपालिकाको मेयरमा योगेश्वर गिरी तथा उपमेयरमा पेमी गुरुङ र भुमिस्थान नरपालिकाको मेयरमा प्रेम बञ्जाडेलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै मालारानी गाउँपालिकाको अध्यक्षमा जिन्दक खड्का र उपाध्यक्षमा उषा पुरी थापाको उम्मेदवारी रहने भएको छ ।

पाणिनी गाउँपालिको अध्यक्षमा माधव पोखरेल तथा उपाध्यक्षमा लिलावति पाण्डे घिमिरे र छत्रदेव गाउँपालिकाको अध्यक्षमा उज्वल शाहलाई उमेदवार चयन गरिएको संयोजक थापाले जानकारी दिए ।

कञ्चनपुरमा फोरमसँग तालमेल

अछाम, बाजुरा र अर्घाखाँचीमा एकल उम्मेदवार चयन गरेको नयाँशक्तिले कञ्चनपुरमा भने संघीय समाजवादी फोरम नेपालसँग तालमेल गरेर उम्मेदवार चयन गरेको छ । कञ्चनपुरका ९ स्थानीय तहमध्ये चार नगरपालिका र एक गाउँपालिकामा तालमेल गरिएको छ । कञ्नचनपुरमा सात नगरपालिका र दुई गाउँपालिका छन् ।

पुनर्वास नगरपालिकाको मेयरमा सत्यदेवी चापागाईं र उपमेयरमा जगत सायर तथा बेलौरी नगरपालिकाको मेयरमा अमर बिष्ट र उपमेयर गीता चौधरी उम्मेदवार छन् । उनीहरु सबै नयाँ शक्तिका हुन् ।

तर, भिमदत्त नगरपालिका, महाकाली नगरपालिका, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकामा भने नयाँशक्ति र संघीय समाजवादी फोरमले तालमेल गरेर उम्मेदवार चयन गरेका छन् ।

भिमदत्त नगरपालिकाको मेयरमा नयाँशक्तिबाट माया नेगी र उपमेयरमा फोरमबाट गोमती पुजारा उम्मेदवार छन् ।

महाकाली नगरपालिकाको मेयरमा नयाँशक्तिका यमबहादुर थापा र उपमेयरमा फोरमकी सरिता सुनार उम्मेदवार बनेका छन् ।

यसैगरी बेदकोट नगरपालिकाको मेयरमा नयाँशक्तिबाट जनक सिं साउद र उपमेयरमा फोरमबाट मनु चौधरीलाई उम्मेदवार बनाइएको छ ।

यस्तै बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नयाँ शक्तिका शेरसिं पुजारा र उपाध्यक्षमा फोरमकी आरती देवी थापालाई छनौट गरिएको बोहराले जानकारी दिए ।

शुक्लाफाँटा नगरपालिकाको मेयरमा द्वारिका कुँवर र उपमेयरमा बिस्ने बोहरा दुबै नयाँ शक्तिबाट उम्मेदवार छन् ।

यस्तै कृष्णपुर नगरपालिकाको मेयरमा नयाँ शक्तिका सुन्दर दत्त भट्ट र जमुना रानालाई छनौट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment