१८ जेठ, काठमाडौं । विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुने विश्वका ३२ वटा मुलुकमा रहेका नेपाली नागरिकको अवस्था बुझ्ने क्रममा यस्तो पाइएको हो ।
सरकारले पहिलोपटक यी देशमा रहेका नागरिकको खोजी गरी कारागार सजाय भोगिरहेका नागरिकको अवस्था सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्गर्ततको परराष्ट्र शाखाका अनुसार विभिन्न देशमा कारावास सजाय भोगिरहेका ३१८ नेपाली नागरिकमध्ये १७ जनालाई मृत्युदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुनाइएको आजको गोरखापत्र दैनिकले लेखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4