१९ जेठ, काठमाडौं । संसद्को अंकगणित आफ्नो पक्षमा बहुमत पक्काजस्तै भएकाले देउवाले मन्त्री छनोटको तयारी अहिलेदेखि नै गरेका छन् ।
दोस्रो चरण निर्वाचनअघि नै पाँचजना मन्त्री बनाउने तयारी देउवाको छ । कांग्रेसका दुई, माओवादी केन्द्रका दुई र लोकतान्त्रिक फोरमबाट एकजनालाई सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद् बनाउने मनस्थितिमा देउवा रहेको नयाँ पत्रिका दैनिकमा खबर छ ।
राप्रपाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने बहुमतीय सरकारमा सहभागी हुने औपचारिक पत्र आएमा छलफलका लागि सकारात्मक रहेको जनाएको छ ।
राप्रपा महामन्त्री सुनील थापाले सरकारमा सहभागिता जनाउन देउवाको तर्फबाट औपचारिक पत्र आए छलफल गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4