Comments Add Comment

कांग्रेसले छान्यो झापाको सबै तहमा उम्मेदवार (सूचीसहित)

महिला, आदिवासी, जनजाति र मधेसीलाई ९ सीट

१९ जेठ, झापा । नेपाली कांग्रेसले झापाको सबै १५ वटै स्थानीय तहमा उम्मेदवारहरुको टुंगो लगाएको छ । लामो रस्साकस्सीपछि कांग्रेसले जिल्लाको सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको हो ।

यसअघि नै ९ वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लागिसकेको थियो । बाँकी तहमा केन्द्रीय समितिबाटै उम्मेदवार टुंगो लगाइएको कांग्रेस झापाका सभापति उद्धव थापाले बताए ।

झापाका कुल १५ वटा स्थानीय तहमध्ये एउटा गाउँपालिकाको प्रमुखमा महिलालाई उठाइएको छ । झापाको राजबंशी आदिवासी समुदायबाट ३ वटा प्रमुख पदमा उम्मेदवारी दिइएको छ भने मधेसी समुदाय (साह) ले दुईवटा स्थानीय तहको प्रमुखमा उम्मदेवारी पाएको छ ।

पहाडे जनजाति समुदायबाट चारवटा स्थानीय तहमा उम्मदेवारी दिने कांग्रेसको निर्णय छ । १५ स्थानीय तहमध्ये ६ वटा नगरपालिका प्रमुखमा पहाडे क्षेत्री बाहुन समुदायबाट उम्मेदवारी दिइएको छ ।

जिल्लाको उम्मेदवारी घोषणामा कांग्रेसले जातीय सन्तुलन मिलाएको देखिएको छ ।

८ वटा नगरपालिकामा को-को ?

कांग्रेसले झापाका ८ वटै नगरपालिकाहरुमा उम्मेदवारको टुंगो लगाएको छ ।

केपी ओलीको गृहनगरका रुपमा रहेको दमक नगरपालिकामा कांग्रेसले मेयरमा ढुण्डीराज भण्डारी र उपमेयरमा रेगिना भट्टराईलाई उम्मदेवार बनाएको छ ।

त्यसैगरी बिर्तामोड नगरपालिकाको मेयरमा जलकुमार गुरुङ र पार्वता गिरीलाई उम्मदेवार बनाइएको छ । भद्रपुर नगरपालिकाको मेयरमा गणेश पोख्रेल र तारादेवी भुर्तेललाई उम्मदेवार बनाइएको छ ।

मेचीनगर नगरपालिकाको मेयर र उपमेयरमा विमल आचार्य र दूर्गादेवी खतिवडालाई उठाउने कांग्रेसले निर्णय गरेको छ ।
कन्काइ नगरपालिकाको मेयरमा एकराज उप्रेती र उपमेयरमा कविता बस्नेत उम्मेदवार बनेका छन् ।

त्यस्तै गौरादह नगरपालिकाको मेयर र उपमेयरमा रोहितकुमार साह र सुमित्रा खरेल ढुंगेल उम्मदेवार बनेका छन् । शिवसतासी धाम नगरपालिकामा पर्शुराम ढुंगाना मेयर र जयकुमारी चेम्जोङ उपमेयरमा उठेका छन् ।

अर्जुनधारा नगरपालिकामा कांग्रेसले हेमराज खरेल र सरस्वती सिटौला गोलेलाई मेयर र उपमेयरको उम्मेदवार बनाएको छ ।

७ गाउँपालिकामा को-को ?

कांग्रेसले कमल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा हुकुमसिंह राई र दीपा गौतमलाई टिकट दिएको छ । हल्दीबारी गाउँपालिकामा दिलिपकुमार माबो र चन्द्रकला राईले कांग्रेसबाट टिकट पाएका छन् ।

बुद्धशान्ति गाउँपालिकामा रमेश भुजेल र चन्द्रकला भट्टराईले कांग्रेसबाट टिकट पाएका छन् । गौरीगञ्ज गाउँपालिकामा कांग्रसले महिलालाई प्रमुख पदमा उठाएको छ । त्यहाँ फुलवती राजबंशीले अध्यक्षको टिकट पाएकी छिन् भने उपाध्यक्षमा दिपेन्द्र थापालाई उम्मदेवार बनाउने निर्णय कांग्रेसले गरेको छ ।

बाह्रदशी गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबैजना राजबंशी समुदायबाट उठाइएको छ । त्यहाँ प्रमुखमा खड्गप्रसाद राजबंशी र उपप्रमुखमा रत्ना राजबंशीले टिकट पाएका छन् ।

झापा गाउँपालिकामा कांग्रेसबाट जयनारायण साह र बसुन्धरा थपलियाले अध्यक्ष र उपाध्यक्षको टिकट पाएका छन् । त्यस्तै कचनकवल गाउँपालिका प्रमखमा कालेन्द्रप्रसाद राजबंशी र उपप्रमुखमा गीता ओडारी खरेललाई नेपाली कांग्रेसले उम्मदेवार बनाएको छ ।

स्थानीय तह प्रमुख उपप्रमुख
मेचीनगर नगरपालिका विमल आचार्य दुर्गादेवी खतिवडा
दमक नगरपालिका ढुण्डिराज भण्डारी रेगिना भट्टराई
बिर्तामोड नगरपालिका जलकुमार गुरुङ पार्वता गिरी
कनकाई नगरपालिका एकराज उप्रेती कविता बस्नेत
भद्रपुर नगरपालिका गणेश पोखरेल तारादेवी भुर्तेल
अर्जुधारा नगरपालिका हेमराज खरेल सरस्वती सिटौला गोले
शिवसताक्षी नगरपालिका पर्शुराम ढुंगाना जयकुमारी चेम्जोङ
गौरादह नगरपालिका रोहितकुमार शाह सुमित्रा खरेल ढुंगेल
कमल गाउँपालिका हुकुमसिंह राईँ दीपा गौतम
हल्दीबारी गाउँपालिका दिलिपकुमार मावो चन्द्रकला राई
बुद्धशान्ति गाउँपालिका रमेश भुजेल चन्द्रकला भट्टराई
गौरीगञ्ज गाउँपालिका फूलवती राजवंशी दिपेन्द्र थापा
बाह्रदशी गाउँपालिका खड्गप्रसाद राजवंशी रत्ना राजवंशी
झापा गाउँपालिका जयनारायण शाह बसुन्धरा थपलिया
कचनकवल गाउँपालिका कालेन्द्रप्रसाद राजवंशी गीता ओडारी खरेल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment