Comments Add Comment

धेरै दलको समर्थन जुटाउने प्रयासमा देउवा, निर्वाचनको दिन अवरोध भए के हुन्छ ?

२० जेठ, काठमाडौं । प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धेरै दलको समर्थन जुटाउने प्रयासमा छन् । माओवादी केन्द्र, लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी नेपालको समर्थन पाएका उनले राप्रपा, राजपा र संघीय समाजवादी फोरमलाई पनि सहमतिमा ल्याउन छलफल गरिरहेका छन् ।

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार पार्टी मुख्यालयमा बसेको बैठकले सत्ता समीकरणका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । सभापति देउवाले सत्ता समीकरण बलियो बनाउन पार्टीका तर्फबाट विमलेन्द्र निधि र रमेश लेखकलाई खटाएका छन् । राजपाले संविधान संशोधन, स्थानीय तहको संख्या थप, मुद्दा फिर्तासहितका विषयमा प्रतिबद्धता आएपछि देउवालाई समर्थन गर्ने संकेत दिएको छ ।

निर्वाचनको दिन संसद्मा अवरोध कायमै रहे निर्वाचन प्रक्रिया सकेसम्म दलहरुबीचको सहमतिमै अघि बढाउने सभामुखको तयारी छ । सहमति जुट्ने उनको विश्वास छ ।
दलहरुबीच सहमति नजुटे संसद् नियमावली र संविधानलाई आधार मानेर संसद्मा प्रक्रिया अघि बढाउने सभामुखको दोस्रो विकल्प छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment