Comments Add Comment

‘फन्ने खान’मा ऐश्वर्या

निर्देशक राकेश ओमप्रकाश मेहराको चलचित्रमा नायिका ऐश्वर्या राय वच्चनले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् । पछिल्लो पटक करण जोहरको ‘ए दिल हे मुस्किल’मा अभिनय गरेकी ऐश्वर्या मेहराको चलचित्र ‘फन्ने खान’ मा मुख्य भुमिकामा देखिन लागेकी हुन् । यसमा ऐश्वर्याको नायकको भुमिका भने अनिल कपुरले निर्वाह गर्ने भएका छन् । यसअघि ऐश्वर्या र अनिलले चलचित्र ‘ताल’मा मुख्य भुमिका निर्वाह गरेका थिए ।

यसमा अनिल कपुरले एउटा गायकको बुबाको भुमिका निर्वाह गर्ने भएका छन् । तर, ऐश्वर्याको भुमिका कस्तो हुने हो भन्ने अझै प्रष्ट भैसकेको छैन । चलचित्रको निर्देशन राकेश मेहराले गर्ने भएका छन् । निर्देशक मेहरा अहिले ‘मेरो प्यारे प्रधानमन्त्री’ काममा व्यस्त छन् ।

यो चलचित्र गान्धीग्रामको यात्रासाग सम्बन्धित छ । यो एक आठ बर्षीय वालक कन्हैयालको कहानीमा आधारित छ । जो आफ्नो आमाको लागि शौचालय बनाउन चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment