Comments Add Comment

सांग्रिलाले नेपाल कम्युनिटिलाई छाडेर कसमसलाई मात्र एक्वायर गर्ने


२१ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको बाह्रौं बार्षिक साधारण सभाले नेपाल कम्युनिटि बिकास बैंकलाई प्राप्ति गर्ने प्स्ताव अस्वीकृत गरिदिएको छ ।

सभाले कममस बिकास बैंक प्राप्तिको प्रस्ताव भने पारित गरेको छ । सांग्रिलाले ८० प्रतिशतको दरमा नै हकप्रद सेयर जारी गर्ने भएपनि हकप्रदबाट जुट्ने रकम भने बढ्ने भएको छ ।

सांग्रिला र कसमसको संयुक्त रुपमा पुँजी १ अर्ब ३५ करोड रुपैयाँ हुनेछ । यसपछि हकप्रद जारी गर्दा कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ प्राप्त गर्नेछ र कुल पुँजी २ अर्ब ४४ करोड रुपैयाँ हुनेछ ।

६ करोड रुपैयाँ थपेपछि मात्रै बैंकले राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउन सक्नेछ । कम्पनीले यसको लागि बोनस सेयर जारी गर्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment