२२ जेठ, काठमाडौं । बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि आइतवार सरकार र चिनियाँ कम्पनीबीच प्रारम्भिक समझदारी भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राजदुत यु होङको उपस्थितीमा आइतवार प्रधानमन्त्री कार्यालयमा उर्जामन्त्री जनार्दन शर्मा र चाइना गेजुवा वाटर एण्ड ग्रुप कम्पनि लिमिटेड (सीजीजीसी)का जेभी झेजिङले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
आजको कारोबार दैनिकले बुढीगण्डकी निर्माण गर्न चिनियाँ कम्पनिसँग समझदारीलाई मुख्य समाचार बनाएको छ । ५ अर्बसम्म विदेशी लगानी उद्योग विभागवाटैलाई लेखेको छ । चुरे संरक्षणमा दाता गुहार्दै सरकारलाई लेखेको कारोबारले अकुत सम्पत्तिमा पनि तानिए शर्मालाई एंकर बनाएको छ ।
बुढीगण्डकी बनाउन सिजिजिसीसँग समझदारीलाई नागरिकले मुख्य समाचार बनाएको छ । दुनै सडकले जोडिन साढे आठ किलोमिटर बाँकीलाई पनि नागरिकले लेखेको छ । विकास बजेटमा ब्रम्हलुटलाई पनि नागरिकले लेखेको छ ।
इन्टरनेटका प्रयोगकर्ता डेढ करोड नाघेलाई अन्नपूर्ण पोष्ट दैनिकले मुख्य समाचार बनाएको छ । एचसीएफसीमा आधारित चिस्यान यन्त्र प्रतिबन्धलाई पनि अन्नपूर्णले लेखेको छ । बजेट सक्न विषेश अनुगमनलाई लेखेको अन्नपूर्णले जागीर छाडेर ब्यबसायिक कृषिलाई पनि लेखेको छ ।
बुढीगण्डकी जलविद्युत आयोजना सन्दर्भमा नयाँ पत्रिका दैनिकले निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरलाई मुख्य समाचार बनाएको छ । विदेशी लगानीकर्तालाई स्वदेशीसरह व्यवहारलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।
धितोपत्र बजारमा पनि विदेशी लगानीलाई मुख्य समाचार बनाएको अभियान दैनिकले वाइड बढी विमान किन्न ऋण सम्झौताको तयारीलाई अभियानले लेखेको छ ।
प्रतिक्रिया 4