Comments Add Comment

एनसेलले भन्यो- अब लाभकरको दायित्व बाँकी छैन

'अबको ध्यान लगानी तथा सेवा विस्तारमा'

२२ जेठ, काठमाडाैं । पछिल्लोपटक १३.६ अर्ब राजश्व तिरेसँगै अब पूँजीगत लाभकरबापत नेपाल सरकारलाई तिर्नुपर्ने सवै दायित्व सकिएको एनसेलले जनाएको छ ।

आफ्नो भूतपूर्व लगानीकर्ता टेलियासोनेराले कम्पनी बिक्री गर्दा प्राप्त भएको लाभ बापतको कर ठूला करदाता कार्यालयको निर्देशन बमोजिम तिरिएको एनसेलले जनाएको छ ।

एनसेलले बिज्ञप्ति जारी गर्दै लाभकरको बिषय टुंगोमा पुर्‍याएको र अब यो शिर्षकमा कुनै दायित्व एनसेलसँग नरहेको घोषणा गरेको छ ।

‘जेठ २१ गते एनसेललाई पठाएको पत्रमा कम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिम अग्रिम कर दाखिलाको निर्देशन पूर्णरुपमा पालना गरेको र उक्त कारोबारको सम्बन्धमा एनसेलले पूर्णरुपमा भुक्तानी गरेको प्रमाणित गरेको जनाएको छ ।’ एनसेलले बिज्ञप्ति जारी गर्दै भनेको छ ।

एनसेल यस कारोबारको संलग्न पक्ष नरहेको र कारोबारमा भुक्तानी तथा प्राप्ती नगरे पनि कर दाखिला गरेर नेपालमा निरन्तर सेवा प्रदान गर्दै योगदान गरिरहने प्रतिवद्धताको एक पाटो भएको उसले बताएको छ ।

‘एनसेलले सँधै नेपालका कानुनको परिपालना गरेको छ आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको छ,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

‘यससँगै एनसेलले अब आफ्नो ध्यान लगानी तथा सेवा विस्तारमा, विशेष गरेर फोरजी विस्तारमा निर्वाद रुपमा लगाउन पाउने छ, जसले नेपालको डिजीटल अर्थतन्त्रलाई फड्को मार्न सघाउने छ,” पर्किन्सले भने ।

कम्पनी संचालनको १३ वर्ष (आर्थिक वर्ष २०६१/६२ देखि मा यही जेठ १८ गतेसम्म) मा सरकारलाई विभिन्न शिर्षकमा १६० अर्ब रूपैयाँ भन्दा बढी राजश्व योगदान पुर्‍याएको एनसेल देशकै सबैभन्दा ठूलो करदाताहरुमा पर्छ ।

एनसेलले नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ दशमलब २ प्रतिशतको योगदान पुर्‍याउँदै आएको कम्पनीले दावी गरेको छ । आफ्नो व्यवसाय संचालनमार्फत एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब एक लाख १० हजारलाई रोजगारी दिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment