Comments Add Comment

३ सचिवको सरुवा, भौतिकमा कार्की, शान्तिमा ठाकुर

२२ जेठ, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको छ ।

सडक बिभागका महानिर्देशक देवेन्द्र कार्कीलाई भौतिक योजना मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी भौतिक योजनाका धनबहादुर तामाङलाई सतर्कता केन्द्रमा पठाइएको छ ।

सतर्कता केन्द्रका गजेन्द्र ठाकुरलाई शान्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

यसअघि ठाकुर सिचाईं मन्त्रालयमा थिए । कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोपमा कारबाही स्वरुप उनलाई सतर्कता केन्द्रमा तानिएको थियो ।

आइतबारको मन्त्रिपरिषद बैठकले विदेशस्थित कुटनीतिक नियोगका पदाधिकारीको तलबभत्ता बढाउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment