Comments Add Comment

राजधानीका सडकमा नागरिकको बिजोग (हेर्नुस् १४ तस्वीर)

काठमाडौंमा सोमबार तापक्रम ३२ डिग्री सेल्सियस पुगेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो तापक्रम यो वर्षकै सबैभन्दा उच्च हो ।

काठमाडौंको गर्मीमा सर्वसाधारणहरु कोही पसिना पुछ्दै आफ्नो काममा हिँडिरहेका थिए भने कोही छाताले गर्मी छल्ने प्रयासमा थिए ।

गर्मीले सताइरहेका बेला केहीछिनमै मुसलधारे पानी दर्कियो । पानी परेपछि केही शितलता त भयो तर जलमग्न सडकमा सर्वसाधारणको विजोग भयो ।

विशेष गरी पैदलयात्रु रुज्दै गन्तव्य तिर जान बाध्य भए । पानी सडक पोखरी जस्तै बने । त्यसको मारमा पैदल यात्री र सवारीसाधनहरु समेत परे ।

तस्वीरमा हेरौं पानी परेपछि सोमबार दिउँसो पुतलीसडक लगायत स्थानका केही दृश्यहरु :

  

तस्वीरहरु  :कविन अधिकारी/विकास श्रेष्ठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment