नायिका नीशा अधिकारीले आफू निर्मित चलचित्र ‘झ्यानाकुटी’को रिलिज डेट पक्का गरेकी छिन् । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रदर्शन मिति पनि तय गरिएको हो ।
अब, यो चलचित्र भदौ ८ गते बिहिबारबाट नै रिलिज हुनेछ । सिमोस सुनवारले निर्देशन गरेको यो चलचित्रमा नायक सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका छ ।
सिउँदोमा सिन्दुर लगाएकी वेनिशाले सौगातलाई काँधमा बोकेको फस्टलुक तयार पारिएको छ । भदौ ८ गते चलचित्र ‘कृ’ रिलिज हुने चर्चा थियो । तर, यो डेटमा अनमोल केसी स्टारर चलचित्र रिलिज हुने संभावना कम भएपछि नीशा अगाडि सरेकी हुन् । नीशा अधिकारी र सिमोस सुनवार मिलेर यो चलचित्र निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4