Comments Add Comment

६ ट्रिक्स, जसले युवतीलाई आकर्षित गर्न सकिनेछ

अक्सर युवाहरु सोचिरहेका हुन्छन्, कसरी युवतीलाई आफूप्रति आकर्षित गर्ने ? यसका लागि केहि ट्रिक्स अपनाउन सकिन्छ ।

कुनै युवतीलाई आफूप्रति आकर्षित गर्नु ठूलो कला हो । उनीहरु आफुप्रति सहजै आकर्षित हुँदैनन्, त्यसका निम्ति आफुसँग त्यस्ता गुण हुनुपर्छ जसले उनलाई प्रभावित गर्छ ।

मिल्दो शौख

यस्तो सौख राख्नुहोस्, जसमा उसको पनि रुची होस् । यसले तपाईहरुलाई जोड्ने काम गर्छ । आपसमा एकैनासको सौख छ भने तपाईहरु एक ठाउँमा आउनुहुनेछ । मिल्दो शौख पनि तपाईहरुबीचको मिलनबिन्दु बन्न सक्छ ।

स्मार्ट बन्नुहोस्

आफ्नो व्यक्तित्वमा ख्याल राख्नुहोस् । चाहे लुगा लगाउने कुरामा होस् वा बोल्ने कुरामा, स्मार्ट देखिनुपर्छ । तपाईको प्रस्तुती पनि यस्तो हुनुपर्छ, जसले अरुलाई प्रभावित पार्न सकियोस् ।

मस्त इन्जोए गर्नुहोस्

यदि कुनै युवतीलाई मन पराउनुहुन्छ भने सबै कुरा छाडेर उनको पछाडि नलाग्नुहोस् । जसरी हुन्छ आफ्नो जीवनलाई लोभलाग्दो बनाउनुहोस् । रमाउनुहोस् र जीवनको भरपुर आनन्द लिनुहोस् । यस्तो मस्त जीवनशैली देखेर युवती स्वत तपाईप्रति आकर्षित हुनेछिन् ।

कति रहस्य खुलाउने

युवतीलाई आकर्षित गर्न चाहनुहुन्छ भने यस्तो महसुष गराउनुहोस् कि, उनी तपाईको निम्ती कति विशेष छिन् ? यसका लागि तपाईले आफ्नो केहि गोपनियता वा रहस्य खुलाउनुहोस् जो कसैलाई सुनाउनु भएको छैन । यसले गर्दा उनले आफ्नो जीवनमा एकदमै स्पेशल फिल गर्नेछिन् ।

केहि गर्नका लागि भन्नुहोस्

के तपाई आफ्ना साथीका लागि हरेक काम गरिदिनुहुन्छ ? यदि त्यसो हो भने तपाई एक कदम अघि बढ्नुपर्नेछ । कहिले काहीँ उसलाई पनि आफ्नो काम गर्न लगाउनुहोस् । यसले उसलाई तपाईप्रति जिम्मेवार बनाउन सिकाउँछ ।

अन्य टिप्स

– उनीसँग सधै राम्रो वार्तालाप गर्नुहोस् । कुनैपनि कुरा गर्नुअघि सोच्नुहोस् । आफुले बोलेको कुरामा उसको कति रुची छ भन्ने कुराको पनि ख्याल गर्नुहोस् ।

– बोलीचालीमा नाटकीयता झल्कनुहुन्न । प्राकृतिक एवं स्वभाविक रुपमा प्रस्तुत हुनुहोस् ।

– मनकारी र सहयोगी बन्नुहोस् ।

– युवतीलाई यस्तो महसुष नहोस् कि तपाई उसको पछि लाग्नुभएको छ । यद्यपी उसको हरेक कुरामा ख्याल गरेको महसुष गराउनुहोस् ।

– धेरै पटक भेट्ने, फोन गर्ने वा सहजै सम्पर्कमा रहने बानी ठीक होइन । यसले तपाईको महत्व नरहन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment