२३ जेठ, काठमाडौं । दाङको राप्ती गाउँपालिकामा आफ्ना पार्टीका स्थानीय नेता कार्यकर्तामाथि सांघातिक हमला भएको भन्दै नयाँ शक्ति नेपालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले बिज्ञप्ति निकालेर दोस्रो चरणका निर्वाचन हुने जिल्लाहरुमा सत्ताको दुरुपयोग गरी आफ्ना कार्यकर्तामाथि धम्की, ज्यादती र कतिपय स्थानमा कुटपिट भएको घटनाप्रति ध्यानाकर्षण गराएको बताएका छन् ।
उनको बिज्ञप्तिमा दाङको राप्ती गाउँपालिकामा चुनावी घरदैलोमा हिँडेका नयाँ शक्तिका कार्यकर्तामाथि नेकपा माओवादीका कार्यकर्ताले सांघातिक हमला गरेको र नयाँ शक्तिका केन्द्रीय सदस्य नन्द चौधरीमाथि मरणासन्न हुने गरी कुटपिट गरेको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4