Comments Add Comment

देउवाको प्राथमिकताः तीन चुनाव र संविधान संशोधन

राजनेताको गुण देखाएको भन्दै प्रचण्डको प्रशंसा

प्रधानमन्त्रीमा निर्वाचित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा । तस्वीर: कविन अधिकारी/अनलाइनखबर

२३ जेठ, काठमाडौं । नवनिर्वाचित  प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ भित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनले आफ्नो नेतृत्वमा बन्ने सरकारका पाँच प्राथमिकता पनि सुनाएका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि संसदमा सम्बोधन गर्दै देउवाले दोस्रो चरणको स्थानीय चुनावसँगै प्रदेश र केन्द्रको चुनाव माघ ७ भित्र गर्ने प्रतिवद्धता जनाए । कांग्रेस सभापति समेत रहेका उनले भने, ‘तीन चुनाव हरहालतमा सम्पन्न गर्छु ।’

उनले तराई मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने बचन पनि दिएका छन् । विपक्षी दलका नेताले समेत आफ्नो पार्टी मधेसको पक्षमा रहेको भनेको भन्दै उनले संविधान संशोधनमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

देउवाले भूकम्प पीडितहरुको पुनस्र्थापना आफ्नो प्राथमिकतामा रहेको बताए । अब यसमा कसले के गर्‍यो कि गरेन भन्ने विवाद छाडेर सबै एक ठाउँमा आउनु पर्ने भन्दै उनले आफ्नो सरकार सल्लाह गरेर अघि बढ्ने बताए ।

देउवाले विजुली, सिचाईँ, ग्रामिण सडकसहितका क्षेत्रमा पूर्वाधार विकास आफ्नो अर्को प्राथमिकता भएको संसदमा सुनाए । द्रुत गतिमा आर्थिक विकास गर्नु पर्ने भन्दै उनले भने, ‘पूर्वाधार विकास मेरो प्राथमिकता हुन्छ ।’

उनले देशको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउने प्रतिवद्धता पनि जनाए । नेपालको भूमि भारत र चीनविरुद्ध प्रयोग हुन नदिने भन्दै उनले भने, दुबै देशलाई आश्वस्त पार्न सके सम्वन्ध राम्रो हुन्छ र अझ सहयोग हुन्छ ।’

राजनेताको गुण देखाएको भन्दै प्रचण्डको प्रशंसा

कांग्रेस सभापति समेत रहेका देउवाले वर्तमान प्रधानमन्त्री प्रचण्डको उच्च प्रशंसा गरे । विगतमा दलहरुबीच सत्ता हस्तान्तरणकै कारण अविश्वास हुने गरेको भएपनि प्रचण्डले बयान पुरा गरेको भन्दै उनले धन्यवाद दिए ।

कांग्रेस र माओवादीबीच भएको समझदारी अनुसार प्रचण्डले सत्ता हस्तान्तरण गरेको भन्दै उनले भने, ‘उहाँले राजनेतामा हुनुपर्ने गुण देखाउनु भएको छ ।’

यो पनि पढ्नुहोस् 

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित

शेरबहादुर देउवाका ७ ‘ओपन सेक्रेट्स’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment