+
+

सन्तानलाई पाककलामा कसरी पोख्त बनाउने, पढ्नुहोस् यी टिप्स

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २४ गते ११:२६

बलिउड अभिनेत्री शिल्पा सेट्टीको नाम लिनसाथ अहिले उनको फिल्म होइन, योगाभ्यासको स्मरण हुन्छ । किनभने उनी आफ्नो योग-अभ्यासको कारण अहिले चर्चामा छिन् ।

जस्तोसुकै कठिन आसन पनि कुशलतापूर्वक गर्ने यी अभिनेत्री बच्चाको लालन-पालनमा पनि उत्तिकै खप्पिस रहिछन् । उनले बच्चालाई पाककला कसरी सिकाउने भन्ने टिप्स दिएकी छन् ।

शिल्पाका अनुसार बच्चालाई भान्साको काममा पनि अभ्यस्त गराउनुपर्छ । जब बच्चा भान्सामा काम गरिरहेका देखिन्छन्, माहौल रमाइलो बन्छ । साथसाथै उनको स-सना हर्कतले मनलाई मोहित तुल्याउँछ ।

सोच्नुहोस् त उसले साना औंलाहरुले आटा गोलो बनाएको, बाउलमा तरकारी मिलाउने कोशिस गरेको दृश्य कति रमाइलो हुन्छ ? यसका साथै उनले केहि जीवनोपयोगी कुरा पनि सिक्छन् ।

रचनात्मकतालाई प्रोत्साहित गर्ने

बच्चालाई सजिलो खानेकुरा बनाउने कला सिकाउनु पर्छ । जस्तो चिया पकाउने, अण्डा उसिन्ने । यससँगै उनीहरु क्रमस भान्सामा काम गर्न अभ्यस्त हुन्छन् । तर, बच्चाको काममा कतै बाधा नगर्नुहोस् । उसको इच्छा अनुसार खानेकुरा पकाउन दिनुहोस् ।

बिज्ञान र गणितको ज्ञान

जब बच्चा भान्सामा काम गर्न सिक्छन्, त्यसले उनीहरुमा धेरै फाइदा पुग्छ । एक त उनीहरुले श्रम गर्न सिक्छन्, पाककलाको ज्ञान पाउँछन् । सहयोग गर्ने बानीको विकास पनि हुन्छ । यससँगै शैक्षिक ज्ञान समेत हासिल गर्न सक्छन् ।

अन्डा गन्न, आधा कप दुध नाप्ने जस्ता सानोतिनो कामले उनीहरु थाहै नपाई गणितीय ज्ञान आर्जन गर्छन् । साथै घोल्ने, जमाउनेदेखि तापमान सम्बन्धी अन्य कुरा भान्सामा व्यवहारिक रुपमै सिक्छन् ।

निर्देशन पालना गर्न सिकाउने

कुक बुकको रेसेपी पढेर त्यही अनुसार खानेकुरा पकाउन सिकाउन सकिन्छ । यसले उनीहरुको शब्द ज्ञान समृद्ध हुन्छ । साथसाथै शब्द उच्चरणमा पनि सुधार हुन्छ । यसका साथै कुनैपनि निर्देशनलाई कसरी कुशलतापूर्वक पालना गर्ने भन्ने कुरा पनि सिकाउन सकिनेछ ।

खानाको पोषणको बारेमा जानकारी

जब बच्चा खाना बनाउने प्रक्रियामा समेल हुन्छन्, उनीहरु त्यही खानेकुरा खान उत्सुक रहन्छन् । किनभने आफुले पकाएको खानेकुरा कस्तो भयो होला भन्ने कौतुहलता हुन्छ । यस हिसाबले उनीहरुमा खानेकुरामा रुची जाग्न थाल्छ । साथै कुन खानेकुरामा कस्तो गुण हुन्छ भन्नेदेखि त्यसलाई कसरी प्रयोग गर्ने भन्नेसम्मको जानकारी मिल्छ ।

भान्सामा सुरक्षित रहन सिकाउने

बच्चालाई किचनमा आमन्त्रित गरेपछि उसलाई सुरक्षित ढंगले काम गर्न पनि सिकाउनु पर्छ । भान्साका सामग्रीहरु जस्तो ग्याँस चुल्हो, मिक्सचर, चक्कु, फ्रिज, ओभन कसरी प्रयोग गर्ने भन्ने कुरा सिकाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?