Comments Add Comment

एक घण्टामै उल्टियो पौडेल समूहको निर्णय, देउवाको फोनपछि सपथ ग्रहणमा जान राजी

शेरबहादुर देउवाको फोनपछि रामचन्द्र पौडेल सपथग्रहण समारोहमा सहभागी हुन शितल निवास पुगेका छन् । तस्वीर: कविन अधिकारी/अनलाइनखबर

२४ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने रामचन्द्र पौडेल समूहको निर्णय एक घण्टामै उल्टिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘छलफल गरेर मिलाउँछु’ भनेको भन्दै पौडेल समूह सपथ ग्रहण कार्यक्रममा जान तयार भएको हो ।

यसअघि पौडल समूहको बुधबार बिहान बसेको बैठकले देउवाले एकलौटी गरेको भन्दै सपथग्रहण कार्यक्रममा सहभागी नहुने र मन्त्री पनि सिफारिस नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय सार्बजनिक भएपछि देउवाले पौडेललाई टेलिफोन गरेका थिए ।

‘सभापति जीले यस्तो निर्णयले गलत म्यासेज जान्छ । सपथ ग्रहण कार्यक्रममा आइदिनुस् । अरु कुरा म मिलाउँछु भन्नुभयो,’ पौडेल समूहका एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँको आग्रहअनुसार सपथ ग्रहणमा सहभागी हुन्छौं ।’

मन्त्रीमा सहभागी हुनेहरुको नाम भने तत्काल नदिने ति नेताले बताए ।

यो पनि पढ्नुहोस् 

देउवाको सपथग्रहण बहिस्कार गर्ने पौडेल समूहको निर्णय, मन्त्री पनि नपठाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment