Comments Add Comment

कांग्रेसका मेयर उम्मेदवार भन्छन्-भैरहवालाई समुन्नत शहर बनाउछौं

२४ जेठ, भैरहवा । नेपाली कांग्रेसका भैरहवाका (सिद्धार्थनगर नगरपालिका) मेयर तथा उपमेयरका उम्मेदवारहरुले भैरहवालाई विकसित र समुन्नत नगर बनाउने उद्घोष गरेका छन् ।

नेपाली कांग्रेस सिद्धार्थनगर समितिले बुधवार गरेको आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवार-पत्रकार परिचयात्मक कार्यक्रममा मेयरका उम्मेदवार मातृका प्रसाद यादवले नगरको बृहत विकास र सुन्दरताका लागि अल्पकालीन तथा दीर्घकालीन योजनाहरु मार्फत भैरहवाको बिकास गरिने बताए ।

यसका लागि परम्परागत र जनता झुक्याउने कामले नगरको स्तरउन्नती सम्भव नरहेको प्रस्टाउँदै उनले सुरुमा नगर प्रशासनबाट सरल, सहज र पारदर्शी सुशासनको प्रत्याभूति नगरवासीले पाउनु पर्ने बताए ।

सरल, सहज र पारदर्शी सुसासनको प्रत्याभुती गराउन सुरुमा आफुले सेवाग्राही मैत्री प्रशासनको ब्यबस्था मिलाएर अगाडी बढ्ने योजना रहेको उनले सुनाए ।

नगरको विकासमा नीतिगत र गुरुयोजना मार्फत दिगो विकासमा जोड दिँदै उनले टिकाउ, दिगो र गुणस्तरीय विकास निमार्णमा कटिबद्धताका साथ स्वच्छ, सफा, हराभरा, प्रदुषणरहित सुन्दर नगर निमार्णमा लाग्ने बताए ।

त्यस्तै भैरहवामा रहेको बिद्युत समस्यालाई समाधान गर्न सचंालित १ सय ३२ केभिए प्रसारण लाइन बिस्तारमा देखिएका जटिलता हल गरी भैरहवालाई उज्यालो सहरका रुपमा बिकास गर्ने उनले बताए ।

उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तारको काम छिटो सम्पन्न गराउन समेत पहल गर्ने बताए ।

नेपाली कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार रहेकी माधवी शर्मा वाग्लेले बालबालिका, बृद्ध, महिला, अपाङ्ग, अशक्त तथा अल्पसंख्यक पिछडा वर्गाका लागि बिषेश कार्यक्रम संचालन गर्ने आफ्नो लक्ष्य रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment