+
+

प्रचण्डलाई भेट्न लाजिम्पाट पुगे प्रधानमन्त्री देउवा, मन्त्रालय बाँडफाँटबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २४ गते १३:४७

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । लाजिम्पाटस्थित प्रचण्ड निवासमै पुगेर देउवाले समसामयीक राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् ।

देउवा र प्रचण्डबीच मन्त्रालय भागबन्डा, सरकार सञ्चालन लगायतका विषयमा छलफल भएको स्रोतले बतायो ।

बुधबार देउवाको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । देउवाले बुधबार दिउँसो पद तथा गोपनियताको सपथ ग्रहण गरी कार्यभार पनि सम्हालेका छन् ।

कांग्रेस सभापति देउवा प्रचण्डको प्रस्तावमा चौथोपटक मंगलबार प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?