Comments Add Comment

अमेरिका पुगेका सात नेपाली निष्कासित, चार्टर बिमानमै ल्याएर छाडियो नेपालमा

२५ जेठ, काठमाडौं । अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेका छ । निष्कासित ७ जनालाई विशेष चार्टड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ ।

जहाज ओर्लनासाथ ती नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो ।

निष्कासन हुनेमा रामेछापका टासी शेर्पा, रुकुमका तारक पुनमगर र धनीमान बुढा, कास्की पोखराका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपुरका रवीन्द्र बलामी र बागलुङका अमर बस्नेत छन् ।

उनीहरु ९ देखि १६ महिनासम्म अमेरिकी हिसासतमा बसेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment