Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः स्थानीय तह ऐन संशोधन, राजपा अझै अनिर्णित

२६ जेठ, काठमाडौं । व्यवस्थापिका संसद्ले स्थानीय तह ऐन पहिलो संशोधन विधेयक पारित गरेको छ । संशोधनसँगै राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिन उम्मेदवारी मनोनयनको कानुनी बाधा फुके पनि राजपा अझै अन्योलमा नै रहेको पत्रपत्रिकाहरुले लेखेका छन् । पत्रपत्रिकाहरुले स्थानीय तह दोस्रो चरण निर्वाचनबारेका सामग्री पनि आज पस्केका छन् ।

नयाँ पत्रिका दैनिकले संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम निर्वाचनको तयारीमा जुटे पनि राजपा अझै अनिर्णित रहेको विषयलाई मुख्य खबर बनाएर छापेको छ । नयाँ पत्रिकाले विप्लव नेतृत्वको पार्टीका कार्यकर्ता पक्राउ पर्नुका कारणलगायतका सामग्रीलाई विशेष प्राथमिकताका साथ पहिलो पृष्ठमा स्थान दिएकाे छ ।

नागरिक दैनिकले मधेसमा चुनावी माहोल बढेको लेखेको छ ।

‘स्थानीय बजेटमा अन्याय’ शीर्षक दिएर मुख्य खबर लेखेको अन्नपूर्ण पोस्ट दैनिकले निर्वाचन ऐन संशोधनलगायतका खबर छापेको छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना प्राथमिकताबारे व्यक्त गरेको धारणालाई छापेको छ ।

कान्तिपुर दैनिकले पुस्ता फेरिएसँगै चुनावी एजेन्डा समेत फेरिएको जनाएको छ । राजधानी दैनिकले भरतपुर महानगरपालिका, चितवनको मतपत्र सुरक्षामा ढाडे बिरालो प्रयोग गरिएको रोचक खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment