Comments Add Comment

आर्थिक समाचार: विद्युत प्राधिकरणको दीर्घकालीन ऋणभार एक खर्ब

२८ जेठ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको दीर्घकालिन ऋणभार एक खर्ब रुपैंया नाघेको छ । प्राधिकरणका उत्पादन प्रशारण र वितरणअन्तरर्गतका परियोजनाहरु अघि बढाउन सरकार र वैदेशिक राष्ट्र एवं दातृ संस्थाहरुबाट लिएको दीर्घकालिन ऋणको भार १ खर्ब १० अर्ब रुपैंया रहेको छ । आजको कारोबार दैनिकले विद्युत प्राधिकरणको दीर्घकालीन ऋणभार एक खर्बलाई मुख्य समाचार बनाएको छ ।

एक किलोमिटर सडकमा ३० सवारीसाधनलाई पनि कारोबारले लेखेको छ । अस्पताल बढेपनि उपचारमा भारतकै भरलाई कारोवारले लेखेको छ ।

दुई सहकारीको सञ्चालक हुन रोकलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । भैरहवा सेजमा उद्योग गर्दा सुरुलाई पनि नागरिकले लेखेको छ । कोरियन भाषा परीक्षा सन्दर्भमा पहिलो दिन ४३३ ले परीक्षा दिन पाएनन्लाई नागरिकले लेखेको छ ।

कृषिमा कर्जा र लगानी बढ्योलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । शिक्षित युवाको रोजाई कोरियालाई पनि अन्नपूर्णले लेखेको छ ।

रोजगारीमा खाडीको विकल्प के भन्दै नयाँ पत्रिका दैनिकले नेपालीका लागि खाडि मुलुकको गन्तब्य जोखिममा पर्दै जाँदा त्यसको विकल्प भने तयार हुन सकेनलाई मुख्य समाचार बनाएको छ । उपभोक्ता विधेयक मन्त्रिपरिषदमा लगिँदैलाई नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment