बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफको ब्रेकअप भएको लामो समय बितिसकेको छ । ब्रेकअपपछि उनीहरु पानी बाराबार जस्तै अवस्थामा थिए ।
तर, शुक्रबार उनीहरु एउटा कार्यक्रममा सँगै देखिए । उनीहरुबीच हाँसो ठट्टा पनि चल्यो । दुवैको प्रस्तुतिलाई हेर्दा अड्कल गर्न सकिन्थ्यो कि उनीहरुबीच अब रिसराग बाँकी छैन ।
फिल्म ‘जग्गा जासुस’ को गीत रिलिजका अवसरमा आयोजित पत्रकार सम्मेलनमा रणवीर र कट्रिना एकसाथ देखिएका हुन् । कार्यक्रममा उनीहरुका साथमा फिल्मका निर्देशक अनुराग कश्यप पनि थिए ।
एक पत्रकारले रणवीरलाई डान्सिङको बारेमा तपाईंको धारणा के छ भन्ने प्रश्न राखेका थिए । त्यसको जवाफ दिँदै रणवीरले भने, ‘हिन्दी फिल्ममा डान्सको ठूलो महत्व छ । कट्रिना लाई मैले कमली, शिला जस्ता गीतहरुमा डान्स गर्न धेरै सहयोग गरेको छु । उनको शानदार डान्सको पछाडि मेरो ठूलो हात छ ।’
तर बीचमा कुरा काट्दै कट्रिना ले भनिन्, ‘पिएर आएका छौ कि क्या हो ?’ त्यसपछि दुवै जना हाँसे ।
रणवीर र कट्रिना प्रेममा छँदै जग्गा जासुसमा अनुवन्ध भएका थिए । तर, उनीहरुको ब्रेकअप भएपछि फिल्मको सुटिङ लामो समयसम्म अल्झियो । दुवैलाई मिलाएर सुटिङ पुरा गर्न निर्माता-निर्देशकलाई आच्छुआच्छु परेको थियो । अब भने उनीहरुबीच दुरी घटेको छ र निर्माताले राहतको सास फेरेका छन् ।
प्रतिक्रिया 4