+
+
Shares

चुनाव लड्ने पत्रकारलाई महासंघको आग्रह : कार्यसमितिमा भए राजीनामा दिनु

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २८ गते १७:००

२८ जेठ, काठमाडों । नेपाल पत्रकार महासंघले स्थानीय तहको चुनावमा उम्मेदवार बन्ने सदस्यहरुमा कार्यसमितिबाट राजीनामा दिन आग्रह गरेको छ ।

स्थानीय तहको चुनावमा पत्रकारहरु उम्मेदवार बन्न थालेपछि नेपाल पत्रकार महासंघको सचिवालय बैठकलबाटै यस्तो निर्णय गरेको हो ।

यही जेठ २४ गते बसेको सचिवालयको बैठकले चुनाव लड्ने पत्रकारहरुले महासंघको कार्यसमितिबाट राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।

बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै महासंघका महासचिव उजिर मगरले जिल्ला, प्रदेश र केन्द्र जुनसुकै कार्यसमितिमा रहेका पदाधिकारी वा सदस्यहरु राजनीतिक दलहरुबाट उम्मेदवार बन्नु पर्ने भए महासंघको विधान अनुसार उम्मेदवार हुन अघि नै राजीनामा दिन अनुरोध गरेका छन् ।

यदी राजीनामा नगरी उम्मेदवार भएमा कार्यसमितिको पद स्वतः रिक्त भएको मानिने महासंघले विज्ञप्ति मार्फत जनाएको छ ।

यस्तै साधारण सदस्यका सम्बन्धमा राजनीति र पत्रकारिता एक साथ गर्दा स्वार्थ बाझिने भन्दै नैतिक रुपमा सदस्यता तथा पत्रकारिताबाट अलग भएको घोषणा गर्न महासंघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?