Comments Add Comment

ताप्लेजुङमा छुर्पी पाउनै छाड्यो

२८ जेठ, ताप्लेजुङ । ताप्लेजुङको पहिचानसंग जोडिएको चौरी गाईको दुधबाट बनेको छुर्पीको उत्पादन घटेको छ ।

जिल्लाका पाँचवटा गाउँपालिकामा रहेका चौरी गोठबाट उत्पादन गरिने छुर्पीको पछिल्लो समय उत्पादनमा गिरावट आएकाले सदरमुकाममा समेत पाउन मुस्किल भएको हो ।

पहिले भन्दा चौरी गोठ घट्दै गएको र थोरै गोठबाट थोरै मात्र छुर्पी उत्पादन हुने भएकाले सदरमुकाममै सटेज भएको स्थानीय कोशेली घरका सञ्चालक ललित गुरुङले बताए ।

जिल्लाको सबैभन्दा बढी छुर्पी उत्पादन हुने फक्ताङ्लुङ र याङ्वरक गाउँपालिकाका अधिकांस गोठहरुमा काम गर्ने कामदार नहुँदा गोठ हट्दै गएको र बाँकि गोठबाट उत्पादन गरीएको छुर्पीले मागलाई धान्न नसक्दा यो समयमा बढिसटेज हुने गरेको गोलाका छुर्पी व्यापारी दोचि शेर्पाको भनाइ छ ।

हाल सदरमुकाम फुङ्लिङमा छुर्पी खोज्दा एक पाउ पनि नपाईने स्थानीय हिमाल पौडेलले बताए ।

हिउँदको समयमा चौरी गोठ बेसी झर्ने र तल झरेको समयमा छुर्पी उत्पादन पनि नहुँने हुँदा पहिले उत्पादन भएका छुर्पी सकिएको र अब पुन बनाईएका छुर्पी सुकाएर बजारमा आउन समय लाग्ने हँदा पनि जेठ, असारको समयमा बजारमा छुर्पी नपाएको हुन सक्ने पर्यटन व्यवसायी हर्कराज गुरुङको भनाइ छ ।

जिल्लाको साविकका पापुङ, ओलाङचुङगोला, लेलेपको घुन्सा, याम्फुदिन, कालिखोला लगायतका एक दर्जन गाउँ विकास समितिबाट बढी छुर्पी उत्पादन हुने गर्दछ ।

हाल गोठमा काम गर्ने कामदार नपाईदा ती गोठका चौंरी गाई विक्री वितरण समेत तिब्बततर्फ गर्ने गरेका कारण अहिले छुर्पी व्यवसाय सङकटमा परेको स्थानीयको भनाइ रहेको छ ।

ताप्लेजुङमा उत्पादन हुने छुर्पी स्वादिष्ठ हुने हुँदा कोशेलीका रुपमा विभिन्न देश तथा विदेशमा चौरी गाईको छुर्पी लाने गरेका छन् ।

ताप्लेजुङको छुर्पी जापान, अमेरिका, हङकङ बेलायतमा समेत प्रख्यात रहेको छ ।

ताप्लेजुङबाट कोही कसैले पाहुना जानु पर्‍यो भने छुर्पी लिएर नै जान्छन् । छुर्पीको उत्पादन घटेपछि मूल्य बढेको छ । अहिले प्रतिकिलो एक हजार रुपैयाँसम्म पुगेको छ । पहिले प्रतिकिलो ७/८ सय रुपैयाँमा पाईने गरेको थियो ।

रविन भट्टराईबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment