+
+
Shares

दुई छोरा नै प्रतिस्पर्धी, भोट दिन नजाने आमाको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २९ गते ६:००

२९ जेठ, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ मा कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल अध्यक्षको उम्मेदवार बनेका छन् । दुवै छोरा उम्मेदवार बनेपछि आमा मायादेवीले भोट दिन नजाने घोषणा गरेकी छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार रामप्रसाद माइला र युवराज कान्छा हुन् । दाजुभाइ एकै पदमा उठेपछि परिवारमा भने कसलाई भोट दिने भन्ने सकस परेको छ ।

‘कान्छाले आएर उम्मेदवार बनेको सुनायो, एकै पदमा नउठ भनेको मानेनन्,’ आमा मायादेवीले भनिन्, ‘पक्षपात गर्न मिलेन , बरु भोट दिन नै जान्नँ ।’ उनीहरुका ६५ वर्षीय जेठा दाजु चन्द्रप्रसादले दुवै भाइहरु उम्मेदवार बनेपछि अलमलमा परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?