+
+
Shares

डिभोर्सपछि पनि एकसाथ मलाइका र अरवाज

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २९ गते १२:२०


औपचारिक रुपमा बैबाहिक सम्बन्ध बिच्छेद गरेका चर्चित जोडी मलाईका अरोरा र अरवाज खान एकसाथ भेटिएका छन् । मुम्बइको एक रेष्टुरेन्टमा मलाइका अरबाजसँगै खाना खाएर बाहिरिएकी थिइन् । पारिवारिक भेटघाट जस्तो देखिने उक्त कार्यक्रममा मलाइकाकी बहिनी अमृता अरोडा पनि सँगै थिइन् ।

सम्बन्ध बिच्छेद पछि पनि उनीहरुसँगै देखिएको यो नै पहिलो पटक भने होइन । उनीहरु अहिले पनि साथी जस्तो देखिन्छन् । त्यसो त जस्टिन बीबरको कन्सर्टमा पनि उनीहरु एकसाथ देखिएका थिए । अरबाज खानकी बहिनी अर्पिता खानको छोराको जन्मोत्सवमा पनि उनीहरु सँगै देखिएका थिए ।

केही महिना अघि मात्रै मलाइका र अरबाजले आफ्नो १८ वर्षे दाम्पत्य जीवनमा पूर्णविराम लगाएका थिए । यसै वर्ष गएको मे ११ मा उनीहरु कानुनी रुपमा अलग भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?