+
+

नेपालगन्जमा राजपा नेताद्वारा कांग्रेस उम्मेदवारको गाडी तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३० गते १०:४३

३० जेठ,नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडी मंगलवार बिहान त्रिभुवन चोकमा तोडफोड गरिएको छ ।

नेपालगञ्ज-२२ पुरैनामा भैरहेको घरदैलो कार्यक्रममा मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियालार्इ पुर्‍याई सम्पर्क कार्यालय फर्किँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलार्इ राष्ट्रिय जनता पार्टीका नेता ललित कुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड गरेको बाँके प्रहरीले जनाएको छ ।

गाडी तोडफोड गर्ने रौनियारलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । राजपाले बिहानदेखि बन्द आहवान गरेको थियो । बन्द अवज्ञा गर्दै नगरमा सबै खाले सवारी साधन निर्वाध चलि रहेका थिए ।

गाडी फर्काउन लाग्दा गाडीको झण्डा भाँच्दै ढुङ्गाले गाडीमा हानेको गाडी चालक महेन्द्र सिंहले बताए । ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसा फुटेको छ ।

नेपालगन्जमा कांग्रेसले दुई दिनअघि मात्र कनोडियालाई मेयर र उपमेयरमा उमा थापा मगरलाई उम्मेदवार घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?