Comments Add Comment

‘साउन १३’मा निखिलसँग निखिल नै भिड्ने, यो कस्तो खेल हो ?


साउन १३ गते सबैलाई थाहा छ, चलचित्र ‘प्रेमगीत २’ रिलिज हुँदैछ । सन्तोष सेनले निर्माण गरेको यो चलचित्रले सबैभन्दा पहिला यो डेट फाइनल गरेको थियो ।

यसपछि, यही मितिमा चलचित्र ‘संरक्षण’ले पनि डेट फाइनल गर्‍यो । चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी लगायतका कलाकारको अभिनय छ ।

अब, यो चलचित्रसँग अर्को चलचित्र पनि रिलिज हुने भएको छ । साउन २० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘रुद्र’ अब साउन १३ मै रिलिज हुने भएको छ । यो चलचित्रलाई नायक निखिल उप्रेतीले निर्माण गरेका हुन् । रामजी लामिछाने निर्देशित चलचित्रमा निखिल खलपात्रको भूमिकामा छन् ।

यसको मतलब यो मितिमा अब निखिलसँग निखिलकै भिडन्त हुने भएको छ । यी दुबै चलचित्रलाई एफडी कम्पनीले वितरण गर्नेछ । एफडीका अध्यक्ष नरेन्द्र महर्जन भन्छन्-‘हो हामीले सल्लाहा गरेरै दुबै चलचित्रका लागि एउटै मिति फाइनल गरेका हौं । यसपटक, हेरौ न निखिलजीको पावर कती छ ?’

साउन २० गते बलिउड नायक साहरुख खान र नायिका अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ रिलिज हुँदैछ । यसैले पनि ‘रुद्र’ अगाडि आएको हुनसक्छ ।

तर, ‘संरक्षण र रुद्र’ एकसाथ रिलिज हुँदा दुबै चलचित्रलाई त घाटा लाग्न नै छ, यही मितिमा रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत २’लाई पनि अप्ठ्यारो पर्छ । कारण सिंगल हलमा निखिल र मल्टिप्लेक्समा सौगातको क्रेज राम्रो छ ।

तर, यदि प्रचारकै लागि मात्र नरेन्द्रले ‘रुद्र र संरक्षण’ एउटै मितिमा आउँछ भनेर अभिव्यक्ती दिएका हुन् भने, अबदेखि उनको बोलीलाई पत्याउन दर्शक र मिडियालाई गाह्रो पर्नेछ ।

एकसाथ एउटै कलाकारको चलचित्र प्रदर्शन हुनु सुखद त होइन, तर नेपाली चलचित्रमा यी सबथोक हुन्छ, जुन विश्वका अरु चलचित्र नगरीमा हुदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment