Comments Add Comment

राष्ट्रपति भण्डारी स्वीट्जरल्याण्ड प्रस्थान

३० जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विटजरल्याण्ड प्रस्थान गरेकी छन् । जेनेभामा आयोजना हुने १०६ औं श्रम सम्मेलनमा सहभागी हुन मंगलबार साँझ राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, राष्ट्रपतिकी स्वकीय सचिव विमला पौड्याल राई, मन्त्रालयका अन्य वरिष्ठ अधिकृत त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक भागका रुपमा रहेको रोजगारीको विश्व शिखर बैठक’ मा राष्ट्रपति भण्डारीले असार १ गते सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारीले नेपाली महिलाको राजनीति र रोजगारीको क्षेत्रमा सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत बोल्ने छिन् ।

भण्डारी असार ४ गते स्वदेश र्फकने तालिका छ ।

स् १९६६ मा अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्य बने पनि नेपालको राष्ट्र प्रमुखलाई यस्तो अवसर जुरेको थिएन । राष्ट्र प्रमुखका रुपमा सम्बोधन गर्ने अवसर भण्डारीलाई यसपटक मिलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment