Comments Add Comment

माडीमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु


३० जेठ, चितवन । चितवनको माडीमा ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

माडी नगरपालिका-५ राधापुर निवासी लिलाबहादुर विक का ६ वर्षीय छोरा सुजनको मृत्युु भएको हो । ना ५ त २४५६ नम्वरको ट्याक्टरले बालकलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्याक्टर र त्यसको चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ । बालकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment