+
+
Shares

सोनमले एसएमएसको जवाफ नदिएपछि अमिताभ रिसाए

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३१ गते ९:२९

सोनमले हालै आफ्नो ३२ औं जन्मदिन मनाइन् । जन्मदिन मनाउन उनी आफ्ना व्वाइफ्रेन्ड आनन्द आहुजालाई लिएर दिल्ली पुगेकी थिइन् ।

जन्मदिनका अवसरमा सोनमलाई बलिउड सेलिब्रिटी तथा फ्यानहरुले सामाजिक सञ्जालमा शुभकामना दिए । उनले सबैलाई एकमुष्ट रिप्लाई पनि गरिन् । तर बलिउड महानायक अमिताभ बच्चन भने आफूले शुभकामनाको रिप्लाई नपाएको भन्दै सोनमसँग रिसाएका छन् ।

खासमा अमिताभले सोनमलाई एसएमएस गरेर शुभकामना दिएका रहेछन् । तर, सोनमबाट कुनै जवाफ नआएपछि उनी रिसाउनु स्वभाविकै हो ।

सोनमलाई सम्वोधन गर्दै अमिताभले टि्वटरमा लेखेका छन्, ‘मेरो बधाईको रिप्लाई खोई ? म अमिताभ बच्चन हुँ माइ डियर । तिम्रो जन्मदिनमा मैले बधाईको एसएमएस पठाएको थिएँ । तिमीले त्यसको जवाफै दिइनौ ।’ यसका साथमा अमिताभले रिसाएको इमोजी पनि बनाए ।

अमिताभको यस्तो सन्देश पढेपछि सोनमले अत्तालिदै माफी मागेकी छिन् । उनले टि्वट गरेकी छिन्, ‘हे भगवान सर । मैले देखिनँ । म सँधै रिप्लाई गर्छु । धन्यवाद सर । मलाई जूनियर बच्चनको म्यासेज आएको थियो । म तपाईंसँग माफी माग्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?