+
+
Shares

सप्तरीको कञ्चनरुपमा कांग्रेसले छान्यो उम्मेदवार

रासस रासस
२०७४ जेठ ३१ गते ९:४७

३१ जेठ, सप्तरी । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत नगरपालिका र गाउँपालिकामा नेपाली काँग्रेसले आफ्ना केही उम्मेदवार छनौट गरेको छ ।

नेपाली काँग्रेसले जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा १ नं क्षेत्रीय सभापति ललन गुप्तालाई उम्मेदवार बनाएको छ । त्यस्तै, निरु पोखरेललाई उपप्रमुखको उम्मेदवार बनाएको क्षेत्रीय सभापति तथा उम्मेदवार गुप्ताले जानकारी दिए । पोखरेल काँग्रेस सप्तरीका पूर्वजिल्ला उपसभापति हुन् ।

कृष्णासावरन गाउँपालिकाको अध्यक्षमा भने परशुराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेसले जनाएको छ ।

यस्तै, सप्तकोसी नगरपालिकाको प्रमुख पदका लागि समेत उम्मेदबार छनौट भइसकेको र नाम पछि सार्वजनिक गरिने काँग्रेसले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?