Comments Add Comment

नेप्से स्थिर, ५८ करोडको कारोबार

३१ जेठ, काठमाडौं । नेप्से परिसूचक बुधवार स्थिर देखिएको छ । दिनभर तीव्र उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार अन्त्यमा ०.६६ प्रतिशतले घटेको हो । नेप्से परिसूचक १५८४ मा सिमित रहदा ५८ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।

दोस्रो चरणको स्थानीय चुनाव सम्बन्धमा राजनीतिक दलहरु बीच देखिएको मतभेद, बैङ्किङ प्रणालीमा कर्जा योग्य पुँजी अभाव, कर्जाको व्याज दरमा वृद्धि लगायतको कारण बजार बढ्न सकिरहेको छैन् ।

तर, आर्थिक वर्ष अन्त्य हुन लागेकोले संस्थाहरुको नाफाको अपेक्षाले पनि बजार धेरै घट्नबाट जोगिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पुँजी बढाउनु पर्ने अवधि सकिन लागेकोले पनि नेप्सेलाई घट्नबाट टेवाको काम गरिरहेको छ ।

यद्यपी बजारमा बढ्दो सेयर आपुर्तीले पनि बजारमा चाप परेको छ । बढ्दो सेयर सूचीकरण, नयाँ सेयर निष्काशन (१३ संस्थाको हकप्रद निष्काशन हुन लागेको, ९ वटाको हकप्रद जारी भइरहेको छ ) ले बजारमा चाप परेको हो ।

यसदिन एभरेष्ट बैंक, एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै भएको छ । यसदिन बैंकिङ, जलविद्युत् र बिमा समूहको परिसूचक बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment