+
+
Shares

मधेसका ११ जिल्लामा तेस्रो चरणमा चुनाव गरौंः गच्छदार

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३१ गते १६:१०

३१ जेठ, विराटनगर । उपप्रधान एव स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टी सहभागी हुने ग्यारेन्टी भए मधेसका ११ जिल्लामा तेस्रो चरणमा चुनाव गर्न सकिने बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले भने, ‘तर, चुनाव अघि संविधान संशोधन हुन सक्दैन ।’

नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष समेत रहेका उनले आफू जवरजस्ती चुनाव गराउने पक्षमा नरहेको बताए । बलपूर्वक गरिने चुनावले निकास दिनुको साटो द्वन्द्वलाई वढावा दिने गच्छदारको भनाइ छ ।

चुनावको मिति तोक्ने र सार्ने अधिकार सरकारको भएको भन्दै उपप्रधानमन्त्री गच्छदारले निर्वाचन आयोगले वटमलाइन तोक्नु उचित नभएको बताए ।

‘निर्वाचनको मिति तय गर्ने र कति चरणमा गर्ने भन्ने विषय राजनितिक विषय हो । यसको टुङ्गो सरकारले लगाउँछ’ उनले भनले, ‘निर्वाचनको प्राविधिक पक्षको व्यवस्थापन गर्ने काम मात्र निर्वाचन आयोगको हो । वटमलाई तोक्ने काम आयोगको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?