Comments Add Comment

प्रमुख तीन दल र राजपा शीर्ष नेताबीच वार्ता सुरु


३१ जेठ, काठमाडौं । प्रमुख तीन दल र तराई मधेसमा आन्दोलनरत राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा सुरु भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु सहभागी छन् ।

राजपाले चुनाव विथोल्ने भन्दै आन्दोलन घोषणा गरेपछि पहिलो पटक वार्ता भएको हो । जारी बैठकमा राजपाका माग सम्बोधन गरेर चुनावमा ल्याउनेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री देउवाले राजपाले चुनावमा आउने लिखित प्रतिवद्धता जनाए प्रदेश नम्बर २ र ५ को चुनाव तेस्रो चरणमा गर्न सकिने बताएका छन् । कांग्रेसका प्रदेश नम्बर २ का नेताहरुले पनि त्यहाँ चुनाव सार्न माग गरेका छन् ।

तर, प्रमुख विपक्षी दल एमालेले चुनाव सार्ने प्रस्ताव अस्वीकार्य भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment